हामी को हौं
मुकुन्देश्वरी माध्यमिक विद्यालय वि.सं. २०३२ साल फागुन ११ मा स्थापना भएको एक सामुदायिक विद्यालय हो । विभिन्न आरोह अवरोहहरु पार गर्दै वि.सं. २०५५ सालमा माध्यमिक तह र वि.सं.२०६४ सालबाट तत्कालीन उच्च माध्यमिक तह (+२) कक्षा सञ्चालन गर्दै आइरहेको यस विद्यालय ककनी गाउँपालिका अन्तर्गत वडा नं ३ मा अवस्थित विद्यालय हो । ३२ जना शिक्षक तथा कर्मचारी कार्यरत यस विद्यालयमा कक्षा बालविकासदेखि १२ सम्म पढाइ हुने र जहाँ करिब ३७० जना विद्यार्थीहरु नियमित अध्ययनरत छन् । वि.सं. २०८० बाट कक्षा ९–१२ प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पढाइ भएकाले यस भेगका धेरै विद्यार्थी तथा अभिभावकहरु लाभान्वित भइरहेका छन् । कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन विषयहरुमा पढाइ सञ्चालन भइरहेकाले पनि ११/१२ पढ्न अन्यत्र नै जानपर्ने बाध्यतालाई यसले न्युुनीकरण गरेको छ । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा नमुना विद्यालय विकास कार्यक्रमको रुपमा अगाडि बढिरहेको यस विद्यालय ककनी गाउँपालिकाको दक्षिणी भेगमा अवस्थित छ । यस विद्यालयले आफ्नो स्थापना कालदेखि नै उत्कृष्ट नतिजा पस्किँदै आइरहेको छ । नुवाकोट जिल्लामै तारिफयोग्य नतिजा निकालेको यस विद्यालयले शै.स.२०८१ मा SEE र कक्षा १२ मा पालिकामा प्रथम स्थान त्यस्तै पालिकाद्वारा सञ्चालित BLE परीक्षामा पालिकामै उत्कृष्ट स्थान ल्याउन सफल भएको थियो । यसप्रकार शैक्षिक, भौतिक र व्यवस्थापकीय तीनै क्षेत्रहरुमा प्रगतिको शिखर चढ्दै गरेको यस विद्यालय एक शैक्षिक हबको रुपमा रहिरहनेमा पूर्ण विश्वास गर्न सकिन्छ ।
Message
Message from Chairman
"एक किताब एक कलम, एक बालक र एक शिक्षकले संसार बदल्न सक्छ ।"
-(मलाला युसुफजाई)भन्ने आदर्श वाक्यले 'मुकुन्देश्वरीको इच्छा समयानुकूल शिक्षा' भन्ने उक्तिलाई सार्थक रूपमा परिभाषित गर्न खोजेको छ। अज्ञानता, आशा, रोग, भोक र शोकले ग्रसित समाजलाई शिक्षाको पारिलो घामले, शिक्षित, सुखी र समृद्धिको यात्रामा पचासौँ वसन्त पार गर्ने दौरानमा रहेको यस विद्यालय अनेकौँ आरोह, अवरोह, सङ्घर्ष र चुनौतिको बिचबाट हजारौँ विद्यार्थीहरूलाई आफ्नो भाग्य र भविष्यको सुनौलो मार्ग कोर्न सिकाउने महाअभियानमा छ । विगतमा स्याउलाको छानो, टुकी बत्तीको सहायतामा पिँढी र मझेरीमा सुरु भएको अवस्था पार गर्दै, आजको सुविधा सम्पन्न भवन प्राविधिक र प्रविधिमैत्री अवस्थामा प्रवेश गरेको छ। आम शिक्षक, विद्यार्थी, अभिभावक र राजनीति कर्मीहरूको चासो, चिन्ता, सहयोग र सद्भावमा हुर्कदै गएको अवस्था छ । यसले अन्याय, अत्याचार, अशिक्षा, रोग, भोकको अवस्थालाई निरुत्साहित गर्दै सभ्य , समुन्नतसहितको देशलाई आवश्यक पर्ने दक्ष नागरिक उत्पादन गर्नेछ भन्ने विश्वास लिएको छु। अन्त्यमा महात्मा गान्धीले भन्नु भए जस्तै, "जब झुसिलकिराले अब संसार सकिँदैछ भन्ने सोच्छ, तब ऊ सुन्दर पुतलीमा परिणत हुन्छ ।" यस्तै आपत्विपत् एवं आँधीहुरी र हन्डर आदिबाट किञ्चित् र विचलित नभई अगाडि बढ्नुपर्छ भन्ने सुन्दर भनाइका साथ सुनौलो भविष्यको निर्माण मुकुन्देश्वरीले गर्दछ भन्ने विश्वास छ । हजारौँ, लाखौँ अबोध कलिला नानीबाबुको भाग्य र भविष्य निर्माण गर्ने सरस्वतीको मन्दिरको सदा सर्वदा र प्रगतिका लागि आम अभिभावक, विद्यार्थी, शिक्षक, राजनीतिक दल, बुद्धिजीवीको सकारात्मक पहल हुने छ ।
Mr. Anish Sharma Dhungana
ChairmanMessage from Principal
“मुकुन्देश्वरीको इच्छा,समयानुकूल शिक्षा” मुकुन्देश्वरी माध्यमिक विद्यालयको सफलताको विशेष श्रेय नै सामूहिक लगनशीलतालाई लिन सकिन्छ । विद्यालयले टिम वर्कलाई जोड दिइ निरन्तर लागिरहेको हुनाले राम्रो शैक्षिक उपलब्धि प्राप्त भइरहेको छ । २१औँ शताब्दीमा प्रविधिमैत्री शिक्षाको आवश्यकता अनुरुप यस विद्यलयले पनि सिकाइलाई प्रविधिसँग जोडी विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालको जनशक्ति तयार पार्ने लक्ष्य राखेको छ ।यस विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९-१२ मा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गरी व्यावसायिक तथा सीपमूलक शिक्षा प्रदान गरी प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेका छौँ । टिम वर्कको सहकार्यमा उच्च शैक्षिक उपलब्धि हासिल गरी विद्यालयको शाखलाई जोगाइ राख्न हामी निरन्तर प्रयत्नरत छौँ । अन्तयमा यस विद्यालयलाई अग्रपथमा लैजानका लागि म सबैको रचनात्मक सल्लाह र सुझावलाई मनन गर्नेछु ।